काठमाडौँ । रसुवाको गोसाईकुण्ड गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । सो गाउँपालिकामा रहेका ४ वटा विद्यालयमध्ये सबै विद्यालयबाट परीक्षा दिएका विद्यार्थी एसइईमा ग्रेडेड भएका हुन् ।
गाउँपालिकाले दिएको जानकारी अनुसार रसुवा मावि, कोमिन श्यामेवाङफेल मावि, हाईल्याण्ड आवाशीय मावि र नमुना एभरग्रिन ईङ्लिस बोर्डिङ स्कुलका सबै विद्यार्थी ग्रेडेड भएका छन् । यसमध्ये नमुना एभरग्रिनकी छात्रा सोनिया तामाङ ४ जिपिए ल्याएर जिल्ला प्रथम भएकी छन् ।
गाउँपालिकाका अनुसार रसुवा माविबाट १९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । यस्तै, कोमिन श्यामेवाङफेल माविबाट १३ जना, हाईल्याण्ड आवाशीय माविबाट २५ जना र नमुना एभरग्रिन ईङ्लिस बोर्डिङ स्कुलबाट १० जना गरी जम्मा ६७ जनाले एसइई परीक्षा दिएका थिए । सबै विद्यार्थी ग्रेडेड भएका गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए ।





