मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, वडाध्यक्ष तामाङ भन्छन्– दोलखामा ल्याण्ड भएर बसेको छ

काठमाडौँ । रसुवाको लाङटाङ क्षेत्रबाट सम्पर्क विहिन भएको मुस्ताङ एयरको हेलिकप्टर दोलखामा पुगेर ल्याण्ड भएको छ ।

रसुवाको लाङटाङ क्षेत्र गोसाइकुण्ड गाउँपालिकाको वडा नं. ४ मा पर्छ । सो वडाका वडाध्यक्ष डिण्डु लामा जाङवा तामाङले हेलिकोप्टर दोलखा पुगेको जानकारी प्राप्त भएको बताए ।

‘दोलखामा ल्याण्ड गरेर बसेको खबर प्राप्त भएको छ । कुन ठाउँ हो भन्ने यकिन भएको छैन । बाँकी डिटेल बुझ्ने प्रयास गरिरहेका छौं,’ वडाध्यक्ष तामाङले वडापालिकासँग भने ।

सो हेलिकोप्टर आज दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सो हेलिकोप्टर लाङटाङ क्षेत्रबाट सम्पर्क विहिन भएको बताएको छ । लाङटाङ क्षेत्रमा अहिले व्यापक रुपमा हिउँ परिरहेको वडाध्यक्ष तामाङले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update