काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिले युरिया मलको कोटा निर्धारण गरेको छ । गाउँपालिकाले कुन वडालाई कति युरिया मल उपलब्ध गराउने भनेर कोटा तय गएको हो ।
प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले दिएको जानकारी अनुसार गाउँपालिकालाई प्राप्त भएको १५ मेट्रिक टन (३ सय बोरा) मलाई वडागत रुपमा कोटा तय गरिएको हो ।
गाउँपालिकामा रहेको स्थानीय मल वितरण व्यवस्थापन समितिको साउन ४ गतेको निर्णय अनुसार कोटा तय भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।
सो गाउँपालिकामा ७ वटा वडा छन् । ती वडाहरुमध्ये वडा नं. ६ र ७ लाख ५० बोरा युरियाको कोटा निर्धारण गरिएको छ भने बाँकी वडाहरुमा ४० बोराका दरले कोटा तय गरिएको छ ।
मल वितरण भने स्थानीय सहकारी संस्थाहरुले गर्नेछन् ।





