Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौँ महानगरपालिका भित्र रातीको १ बजेसम्म देउसीभैलो खेल्न सकिने भएको छ । विगतका वर्षहरुमा रातको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने समय तोकिनेगरेकोमा महानगरले १ बजेसम्म खुला गरेको हो । 

कामठाडौँ महानगरका प्रमुख बालेन शाहले शुक्रबार एक सूचना जारी गर्दै रातीको १ बजेसम्म देउसीभैलो खेल्न सकिने जनाएका हुन् ।

 ‘बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो’, उनले  जारी गरेको सूचनामा भनिएको छ, ‘ यो बर्ष काठमाडौ महानगर नगर प्रहरीले राती  १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ ।’

उनले महानगरको निर्णय अनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update