कालीकोटको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेतमा शिविर संचालन गर्ने

काठमाडौँ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेत जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ ।

रास्कोट नगरपालिकाका सेवाग्राही सुर्खेतमा बसोबास गरेकोले उनीहरुलाई बसेकै स्थानमा सेवा प्रवाह गर्न शिविर संचालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रृजना अधिकारीले जानकारी दिइन् ।

रास्कोट नगरपालिकाका स्थायी बासिन्दा भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरू हाल सुर्खेतमा अस्थायी रूपमा बसोबास गर्दै आइरहेको हुँदा उनीहरुको सहजताका लागि सुर्खेतमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने निर्णय गाउँपालिकाले गरेको हो । शिविर संचालन हुने भएपछि सो शिविरबाट सेवा लिन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको छ ।

गाउँपालिकाले सुर्खेतको एरिक चोकमा रहेको टिकटक होटलमा शिविर संचालन गर्न लागेको छ । शिविर विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने छ ।

के–के चाहिन्छ कागजात ?

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक पर्ने कागजातको सुची पनि गाउँपालिकाले सार्वजनिक गरेको छ । सार्वजनिक भएको सुची अनुसार ६ प्रकारका कागजात आवश्यक पर्छ ।

गाउँपालिकाका अनुसार नागरिकताको प्रमाण पत्र प्रतिलिपी, राष्ट्रियपरिचय पत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता परिचय पत्र प्रतिलिपी, बालबालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र र संरक्षणको राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, विधवाको हकमा मृत्यू दर्ताको प्रतिलिपि सहित अन्य कागजातहरु र अपाङ्गको हकमा अपाङ्गता परिचय पत्र र जन्म दर्ता प्रमाण पत्र प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update