काठमाडौँ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिक तलब भत्ता र चाडपर्व खर्च भुक्तानी गरेको छ।
सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीको तलब–भत्ता एवं चाडपर्व खर्चबापतको रकम सम्बन्धित व्यक्तिको व्यक्तिगत तलब खातामा इलेक्ट्रोनिक फन्ड ट्रान्सफर मार्फत पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज शाहीले जानकारी दिए ।
नगरपालिकाले सम्बन्धित सबै शिक्षक तथा कर्मचारीलाई रकम भुक्तानी गरिएको जानकारी गराउँदै आफ्नो बैंक खातामा रकम जम्मा भए–नभएको यकिन गर्नसमेत आग्रह गरेको छ।
नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई समयमा नै तलब–भत्ता उपलब्ध गराउने उद्देश्यले बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेको जनाएको छ।


