बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्ले, के छ विषय ?
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गर्ने भएका छन् ।
मन्त्री वाग्लेको सचिवालयले दिएको जानकारी अनुसार मंगलबार दिउसो ३ बजे अर्थ मन्त्रालयमा छलफल हुनेछ ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन मन्त्री डा. वाग्लेले सिइओहरुलाई छलफलमा बोलाएका हुन् ।
छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुने तय भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ ११:४६
प्रतिक्रिया दिनुहोस्



