काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४.५४ प्रतिशतले बढाएको हो ।अघिल्लो आर्थिक वर्षमा सिद्धार्थ बैंकले ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको व्याज आम्दानी भने खुद नाफाभन्दा बढी दरले बढेको छ । खुद नाफा ४.५४ प्रतिशतले बढाएको सिद्धार्थ बैंकले खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा बैंकको खुद व्याज आम्दानी ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ छ । अघिल्लो वर्ष ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ छ ।
अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ९८ ३१ लाख रुपैयाँ थियो ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब २९ करोड ४४ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९२ करोड ४८ हजार रुपैयाँ छ ।
सिद्धार्थ बैंकले गत असारसम्ममा निक्षेप संकलन ३२.७१ प्रतिशतले बढाएर ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ र कर्जा लगानी ९.०५ प्रतिशतले बढाएर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ७३.६३ प्रतिशत छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २२.७६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २३.०६ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १७.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ छ ।
बैंकको खराब कर्जा भने २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको छ ।



