हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस

 

साउन २२ गते राति ११ बजेर ५ मिनेटको समयमा प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक संजाल फेसबुक वालमा ‘सही समय ल्याउनको लागि’ अहिले आफू एक्लै लडिरहेको आसयको स्टेटस लेखे ।

उनले लेखेका छन्– ‘ केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’

प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका नेता हुन् । प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन् । अहिले १७ जनाको मन्त्रिपरिषद छ । र, प्रधानमन्त्री शाहले सचिवालयमा २७ जनालाई नियुक्ति दिएका छन् ।

संविधानले प्रधानमन्त्रीलाई सरकार प्रमुखको जिम्मेवारी तोकेको छ । प्रधानमन्त्री कार्यकारी भूमिकामा छन् । शिक्षक, कर्मचारी, सेना, प्रहरी, कुटनीति जस्ता सरकारका निकायहरुको अभिभावक प्रधानमन्त्री नै हुन् । अर्थात कार्यपालिकाका सबै अंग र निकाय प्रधानमन्त्रीका सहयोगी हुन् ।

परोक्ष रुपमा हेर्ने हो भने त न्यायपालिका र व्यवस्थापिकाका कर्मचारी, पदाधिकारीको अभिभावक पनि प्रधानमन्त्री नै हुन् । 

यति हुँदाहुदै पनि प्रधानमन्त्री शाहले किन एक्लो महसुस गरे ? यो गम्भीर प्रश्न हो ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ मा एक्लोपन सम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । अंग्रेजी भाषामा संगठनको वेबपेजमा राखिएको २३६ पृष्ठको सो प्रतिवेदनमा एक्लोपन सम्बन्धी धेरै पक्षको चर्चा गरिएको छ । र, त्यसमा मान्छेहरुको भीडमा पनि एक्लोपन महसुस हुने उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार सन् २०१४ देखि सन् २०२३ को अवधिमा विश्वका करिब १६ प्रतिशत मानिसमा एक्लोपन महसुस भएको छ । यो भनेको प्रत्येक ६ जनामध्ये १ जनामा एक्लोपन महसुस हुने समस्या छ भनिएको हो ।

प्रतिवेदनका अनुसार सन् २०१४ देखि सन् २०२३ को अवधिमा विश्वका करिब १६ प्रतिशत मानिसमा एक्लोपन महसुस भएको छ । यो भनेको प्रत्येक ६ जनामध्ये १ जनामा एक्लोपन महसुस हुने समस्या छ भनिएको हो ।

यस्तै, २०.९ प्रतिशत १३ देखि १७ वर्षका किशोरमा एक्लोपन महसुस हुन्छ । १७.४ प्रतिशत १८ देखि २९ वर्षका युवामा एक्लोपन महसुस भएको छ भने न्यून आय भएका देशमा करिब २४ प्रतिशत मानिसमा एक्लोपन महुसस भएको छ । यो तथ्यांक सो प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले किशोर र युवामा पनि एक्लोपनको ठूलो समस्या रहेको देखाएको छ ।

के हो एक्लोपन ?

सन् २०२३ मा अमेरिकाको युएस सर्जन जनरलले ‘आवर इपिडेमिक अफ लोनलिनेस एण्ड आइसोलेसन’ नामक अनुसन्धानमा आधारित एडभाइजरी जारी गरेको छ । सो एडभाइजरीमा एक्लोपन केवल भावनात्मक समस्या नभएर स्वास्थ्यको समस्या हो भनिएको छ । सामाजिक सम्बन्धलाई मानिसको स्वास्थ्य र कल्याणको महत्वपूर्ण आधार मान्दै एडभाइजरीमा परिवार, साथी, सहकर्मी, छिमेकी, विद्यालय, कार्यस्थल र समुदायसँगको सम्बन्धले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्छ भन्ने उल्लेख गरिएको छ ।

अझ रोचक कुरा त धेरैको बीचमा भएर पनि कुनै मासिनले एक्लो महसुस गर्न सक्छ भनिएको छ । प्रतिवेदनमा सामाजिक सम्बन्धको संख्या मात्रै महत्वपूर्ण विषय नहुने उल्लेख गरिएको छ । एक्लोपनले स्वास्थ्य उपचार खर्च, काममा अनुपस्थिति, उत्पादकत्व र शैक्षिक उपलब्धिमा असर पार्न सक्ने भनिएको छ ।

प्रतिवेदनमा जोड दिएर भनेको कुरा के हो भने कुनै व्यक्तिलाई एक्लोपनबाट बचाउनको लागि उसलाई धेरै मानिसको बीचमा राख्नु मात्रै पर्याप्त हुदैन ।

प्रतिवेदनमा जोड दिएर भनेको कुरा के हो भने कुनै व्यक्तिलाई एक्लोपनबाट बचाउनको लागि उसलाई धेरै मानिसको बीचमा राख्नु मात्रै पर्याप्त हुदैन ।

यसबाट के बुझिन्छ भने एक्लोपन आज विश्वको नै स्वास्थ्य समस्याको रुपमा रहेको छ । तर, प्रधानमन्त्री शाहले ‘आफू एक्लै लडिरहेको’ भनेर आफ्नो स्वास्थ्य समस्याका बारेमा बताउँन चाहेका होइनन् ।

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको ‘एक्लोपन’ आफूलाई राजनीतिक, प्रशासनिक, आर्थिक, कुटनीतिक जस्ता विषयमा चौतर्फि आक्रमण भइरहेको र यसमा अपेक्षा गरिएका पक्षबाट सहयोग पाइनँ भन्नेमा लक्षित हुनुपर्छ ।

.....................................................

प्रधानमन्त्री शाहले ‘कहिलेकाँही एक्लै लड्नुपर्छ’ भनेको भोलिपल्ट विहान अर्थात साउन २३ गते विहान ८ बजेर ६ मिनेटको समयमा उनको निजी फेसबुक वालमा अर्काे स्टेटस लेखे । त्यसमा ५ वटा सार्वजनिक संस्थानको प्रगतिविवरण थियो । त्यसमध्ये वन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग पुन संचालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी सेनालाई दिइएको र तान मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरु भएको उल्लेख गरिएको छ ।

कति राम्रो कुरा ! बन्द भएको कपडा उद्योग फेरि चल्न थाल्यो । र, प्रधानमन्त्रीले हेटौडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु भएको जानकारी दिएको १० दिनअघि उद्योग क्षेत्रसँग सम्बन्धित अर्काे एउटा समाचार पनि सार्वजनिक भएको थियो । समाचार थियो– बीमा र धितोपत्र कसुरमा प्रहरी हिराशतमा रहेका गोल्छा अर्गनाइजेसका अध्यक्ष शेखर गोल्छालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ भन्ने । यो समाचारले प्रधानमन्त्रीको एक्लोपन बढाएको होइन होला ।

नेपाल राष्ट्र बैंकका गभर्नर कहाँ छन् भन्ने जानकारी अर्थमन्त्रालयलाई हुदैन तर गभर्नर डा. विश्वनाथ पौडेल बाटो परेको बेलामा प्रधानमन्त्री कार्यालय छिर्छन र चिया खाएर जान्छन् । यो परिपाटीले सिस्टम ब्रेक भयो ।

प्रधानमन्त्रीमा एक्लोपन बढाउने कारणहरु छन् । जस्तो कि नेपाल राष्ट्र बैंकका गभर्नर कहाँ छन् भन्ने जानकारी अर्थमन्त्रालयलाई हुदैन तर गभर्नर डा. विश्वनाथ पौडेल बाटो परेको बेलामा प्रधानमन्त्री कार्यालय छिर्छन र चिया खाएर जान्छन् । यो परिपाटीले सिस्टम ब्रेक भयो । सिस्टमले काम गरेन, सबैतिर भताभुङ्ग भयो भनेर नै गत वर्षको भदौ २३ र २४ भएको थियो । अहिले गभर्नरले रिपोर्टिङ गर्ने च्यानलको सिस्टम ब्रेक हुँदा प्रधानमन्त्रीको एक्लोपन बढेको छ ।

प्रधानमन्त्रीले यसबीचमा हस्तकला, चिया, सेयर, फुटवयर, जलविद्युत जस्ता क्षेत्रका लगानीकर्तासँग छलफल गरेका छन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल  चेम्बर अफ कमर्श जस्ता उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुसँग पनि छलफल गरेका छन् ।

म बुझ्दछु–सेयर लगानीकर्ताले पनि भनेकै हुनुपर्छ– सेयर बजारका कारण मुलुक जोगिएको छ, अर्थतन्त्र टाट पल्टिनबाट जोगिएको छ, देश बनाउने पनि सेयर बजार क्षेत्रले नै हो, त्यसैले यो क्षेत्रलाई यो–यो गरिदिनु पर्यो । अर्थात पालैपिलो जाने सबै क्षेत्रले दाबी गरे होलान्– देश जोगाएको हामीले नै हो, अब देश बनाउने पनि हामीले नै हो, त्यसैले हाम्रो क्षेत्रलाई यो–यो गरिदिनु पर्यो ।

म बुझ्दछु– हस्तकला व्यवसायीले प्रधानमन्त्रीसँग भने होलान्– हस्तकला क्षेत्रका कारण मुलुक जोगिएको छ, देश बनाउने क्षेत्र पनि यही हो, यो क्षेत्रलाई यो–यो गरिदिनु पर्यो । चिया उद्योगीले पनि भने होलान्– नेपालको अर्थतन्त्र थेगेकै चिया उद्योगले हो । देश बनाउने पनि चिया उद्योगले नै हो, यो क्षेत्रलाई यो–यो गरिदिनु पर्यो । सेयर लगानीकर्ताले पनि भनेकै हुनुपर्छ– सेयर बजारका कारण मुलुक जोगिएको छ, अर्थतन्त्र टाट पल्टिनबाट जोगिएको छ, देश बनाउने पनि सेयर बजार क्षेत्रले नै हो, त्यसैले यो क्षेत्रलाई यो–यो गरिदिनु पर्यो । फुटवयर उद्योगीका यस्तै कुरा आए होलान्, उर्जा उद्यमीका पनि त्यस्तै आए होलान् । अर्थात पालैपिलो जाने सबै क्षेत्रले दाबी गरे होलान्– देश जोगाएको हामीले नै हो, अब देश बनाउने पनि हामीले नै हो, त्यसैले हाम्रो क्षेत्रलाई यो–यो गरिदिनु पर्यो ।

प्रधानमन्त्रीलाई थाहा भइसक्यो अब– देश बनेको सबै मिलेका कारण रहेछ र बन्ने पनि सबै मिलेर नै रहेछ । यति थाहा भएपछि निजी क्षेत्रसँगको सम्बादमा अर्थमन्त्रीलाई किन नराख्ने ? अर्थमन्त्री नराखी अर्थतन्त्रबारे निजी क्षेत्रसँग कुरा गर्न थालेपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई कति अर्ब रुपैयाँ हिनामिना गरेको अभियोग लगाएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले हिरासतमा राख्यो । ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।

यति थाहा भएपछि निजी क्षेत्रसँगको सम्बादमा अर्थमन्त्रीलाई किन नराख्ने ? अर्थमन्त्री नराखी अर्थतन्त्रबारे निजी क्षेत्रसँग कुरा गर्न थालेपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।

बैंकले ऋण दिने भनेको सर्वसाधारणको निक्षेप लिएर हो । राष्ट्र बैंकका डेपुटी गभर्नर वा कुनै कार्यकारी निर्देशकलाई बोलाएर सोध्दा प्रधानमन्त्रीलाई थाहा हुनेछ– कुनै बैंकले कसैलाई १०० रुपैयाँ ऋण दियो भने साढे ४ रुपैयाँ मात्रै सेयरधनीको पैसा हो । सेयरधनीको पैसा र उसको पुँजी (डिभेन्चर, प्रिफरेन्स सेयर लगायत) बाट परिचालन हुने जम्मा ११ रुपैयाँ हो । बाँकी रहेको ८९ रुपैयाँ त सर्वसाधारणको निक्षेपको पैसा हो । इन्भेष्टमेन्ट मेगा बैंकबाट स्मार्ट टेलिकमले लिएको ऋण नउठ्दा सर्वसाधारणको ८९ प्रतिशत निक्षेप संकटमा पर्छ । सेयरधनीको जाने भनेको बढीमा ११ प्रतिशत हो । अनि त्यही ऋण उठाउँदा बैंकका प्रमुख कार्यकारीलाई हिराशतमा राख्ने, संचालकहरुको बैंकखाता बन्द गरेर पक्राउ पुर्जी माग्न अदालत जाने ? प्रहरीले यस्तो गलत कार्य गरेपछि प्रधानमन्त्रीको एक्लोपन बढ्नु अनिवार्य हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छा नेपाल छोडेर भाग्छन् भनेर प्रहरी हिराशतमा राखेको हो ? २००७ सालदेखि नेपालमा औद्योगिक कर्म गरिरहेको गोल्छा अर्गनाइजेनसले २०१७ साल भोग्यो, २०३६ साल व्यहोर्यो, २०४६ साल झेल्यो, सशस्त्र विद्रोह सह्यो । शेखर गोल्छा भागेर कहाँ जान्थे ? बाबुलाई खाना लिएर गएका शेखर गोल्छा वा ज्योतिप्रकाश पाण्डेका छोराछोरीले प्रहरी हिराशतमा आफ्ना बाबुलाई पकेटमार वा मोबाइल चोरसँगै राखिएको देखेका छन् । यस्तो अवस्था देख्ने उनीहरुका छोराछोरीले अब नेपालमा लगानी गर्लान् ? विदेशमा छन् भने अब उनीहरु नेपालमा उद्यम व्यवसाय गर्न आउलान् ?

२००७ सालदेखि नेपालमा औद्योगिक कर्म गरिरहेको गोल्छा अर्गनाइजेनसले २०१७ साल भोग्यो, २०३६ साल व्यहोर्यो, २०४६ साल झेल्यो, सशस्त्र विद्रोह सह्यो । शेखर गोल्छा भागेर कहाँ जान्थे ?

गोल्छा गए अर्काे आउँछ नि भनेर प्रधानमन्त्रीलाई कसैले सुनाएको हुन सक्छ । तर, नेपालमा ठूला भनिने व्यवसायिक घराना धेरै त दोस्रो पुस्ताका मात्रै छन् । केही तेस्रो पुस्ता छ । अधिकांश नेपाली निर्वाहमुखी उद्यम व्यवसाय गर्थे । उनीहरुसँग आर्थिक स्रोत र जोखिम लिने क्षमता कमजोर थियो । यही वास्तविकताको कारण नेपालको उद्योग, व्यापार, सेवा जस्ता क्षेत्रमा एउटै व्यवसायिक घरानाको बाहुल्यता छ । यसैकारण एउटा व्यवसायिक समुह वा घराना हतोत्साही भयो भने उद्योग, व्यापार र सेवा गरी तीनवटै क्षेत्रमा एकैपटक नकारात्मक असर पर्छ । यो सत्य जति छिटो स्वीकार गरिन्छ, प्रधानमन्त्रीको एक्लोपन उति छिटो हट्छ ।

प्रधानमन्त्रीसँग भेट्न गएका मान्छेहरु अर्थमन्त्रालय र उसको संयन्त्रको कुरा लगाउँछन् । अर्थमन्त्रीलाई भेट्न जाने मान्छेहरु गृहमन्त्रालयको सिकायत गर्छन् । निजी क्षेत्रलाई प्रधानमन्त्री खुसी पार्ने कि अर्थमन्त्री भन्ने चिन्ता बढेको छ ।

अहिले अर्थतन्त्र धेरै जर्जर अवस्थामा छ । सबैतिर निरासा छ । प्रधानमन्त्रीसँग भेट्न गएका मान्छेहरु अर्थमन्त्रालय र उसको संयन्त्रको कुरा लगाउँछन् । अर्थमन्त्रीलाई भेट्न जाने मान्छेहरु गृहमन्त्रालयको सिकायत गर्छन् । निजी क्षेत्रलाई प्रधानमन्त्री खुसी पार्ने कि अर्थमन्त्री भन्ने चिन्ता बढेको छ । सिआईबी असनको साँढे जस्ते बनेर जसलाई मनलाग्यो उसैलाई कुल्चदै र फ्वाँ–फ्वाँ गर्दै हिडेको छ । प्रतिष्ठित व्यवसायिक घराना वा बहुराष्ट्रिय कम्पनीमाथि मिडियादेखि सामाजिक संजालबाट आक्रमण भएर उनीहरुप्रति अनास्था अभिबृद्धि गरिदैछ । यो परिस्थिति प्रधानमन्त्रीको एक्लोपन बढाउने मात्रै होइन, डिप्रेसनमै पुर्याउने परिस्थिति हो ।

प्रधानमन्त्रीको एक्लोपन हटाउन

प्रधानमन्त्रीको एक्लोपन हटाउने उपाय छ । देशमा सुशासन बढ्यो भने प्रधानमन्त्रीको एक्लोपन हट्छ । विकास भयो, रोजगारी बढ्यो, जनताले सुख पाए भने प्रधानमन्त्रीले एक्लोपन महुसस गर्नुपर्ने छैन । यसको लागि आर्थिक क्षेत्रमा मान्छेहरुलाई हतकडी लगाएर वा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय पालैपिलो म्याराथन चिया छलफल गरेर मात्रै सम्भव छैन । 

र, हेटौडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु हुँदै गर्दा कुनै बैंक डुब्ने अवस्था सिर्जना भयो भने, गोल्छा अर्गनाइजेसन अन्तरगतका कम्पनीहरु बन्द गर्ने गरी प्रक्रिया अघि बढ्यो भने, हिमालयन रि वा सो समयमा लाइसेन्स दिएका ५ वटा लघुबीमा कम्पनीहरु बन्द भए भने प्रधानमन्त्रीले झन एक्लोपन महसुस गर्नुपर्नेछ । छटपटी झनै बढ्ने छ । अशान्ति बृद्धि हुनेछ ।

अब प्रष्ट भइसकेको छ– प्रधानमन्त्रीसँग राम्रो गरौं भन्ने भावना छ, कसरी राम्रो गर्ने भन्ने ढंग छैन । प्रधानमन्त्रीसँग विषय बुझेका राम्रा मान्छे पनि खासै रहेनछन् ।

प्रधानमन्त्रीको एक्लोपन हटाउने हो भने प्रधानमन्त्रीले ‘देश बनाउने टोली’सँगै अर्थमन्त्री पनि राखेर निजी क्षेत्रसँग सम्बन्धित एउटा बृहंगम सार्वजनिक छलफल गरौं । त्यो छलफलमा मन्त्रिपरिषदका सबै सदस्य, सबै मन्त्रालयका सचिव र महाशाखा तथा विभागीय प्रमुख हैसियतका सहसचिव पनि राखौं । अनि निजी क्षेत्रलाई प्रधानमन्त्रीले भन्नुपर्यो– मलाई यो वर्ष यति लाख नयाँ रोजगारी चाहियो, यति राजस्व चाहियो, यति अर्ब थप लगानी चाहियो । त्यसका लागि नियमावली, विनियम, ऐन, हाकिम जे परिवर्तन गर्नुपरे पनि १ महिनाभित्रमा गरिदिन्छु । सरकारले गरेको प्रतिवद्धता पूरा गर्छ, निजी क्षेत्रले पनि गरोस भनौं । र, निजी क्षेत्रलाई कानुनमा, व्यवहारमा, प्रविधिमा वा जहाँ जेजस्तो नयाँ चाहिएको छ, त्यो उपलब्ध गराऔं । 

अब प्रष्ट भइसकेको छ– प्रधानमन्त्रीसँग राम्रो गरौं भन्ने भावना छ, कसरी राम्रो गर्ने भन्ने ढंग छैन । प्रधानमन्त्रीसँग विषय बुझेका राम्रा मान्छे पनि खासै रहेनछन् । योग्य र विषय बुझेका मान्छेले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएका हुन कि उनीहरुलाई पहुँचबाट टाढा राखिएको हो भन्ने खुलेको छैन । ४ महिनाअघि ५० प्रतिशतभन्दा बढी मतदाताले भोट दिएर बनेको प्रधानमन्त्री यतिचाढै एक्लो लड्नुपर्ने अवस्थामा पुग्नु देशको लागि दुर्भाग्य हो, हामी यही दुर्भाग्यतिर अघि बढिरहेका छौं । यो अवस्था सच्याउनै पर्छ, प्रधानमन्त्रीको एक्लोपन हटाउनै पर्छ । त्यसको लागि धेरै मेहेनत चाहिएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update