मालिका गाउँपालिकाले यान्त्रिकरणको लागि ६० प्रतिशत अनुदान दिने, मागियो आवेदन

 

काठमाडौँ । म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले किसानलाई यान्त्रिकरणमा सहयोग गर्न ६० प्रतिशत अनुदान वितरण गर्न लागेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले दिएको जानकारी अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा यस्तो अनुदान दिने कार्यक्रम समावेश छ ।

अनुदान वितरणको लागि गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी सरोकारवालाई जानकारी गराइएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार भदौ २ गते सार्वजनिक सुचना प्रकाशन गरेर १५ दिनभित्र निवेदन पेश गर्न भनिएको छ ।

गाउँपालिकाका अनुसार अनुदान प्राप्त गर्नको लागि तोकिएको ढाँचाको निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, फार्मरसमूह दर्ता तथा नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपि, 

सम्बन्धित वडा कार्यालयको सिफारिस, पान नं। प्रमाणपत्रको प्रतिलिपि र करिब २ वर्षभित्र कुनै पनि अनुदान नलिएको स्व(घोषणापत्र बुझाउनु पर्नेछ । निवेदनको ढाँचा तथा स्वघोषणापत्र प्रत्येक वडा कार्यालयबाट पनि लिन सकिने गाउँपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update