पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा

काठमाडौं । स्थानीय सरकार पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारका सहसचिव राजन पौडेल पुगेका छन् । गृह मन्त्रालयमा दरबन्दी रहेका पौडेललाई ‘कामकाजी हाकिम’ बनाएर नेपाल सरकारले पोखरा पठाएको हो । 

प्रधानमन्त्री बालेन्द्र साह घुमफिरका लागि पोखरा जानुअघि भदौ ३ गते उनले हाकिम पोखरा पठाउने निर्णय गरेका हुन् । १५ दिनदेखि पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । 

यसअघि पोखरा महानगरपालिकामा मुक्तिराम अर्याल प्रमुख प्रशासकीय थिए । जसोतसो एकबर्ष बसेका अर्याल ०८२ साउन अन्तिममा पोखरा हाजिरी भएका थिए । अर्यालले काठमाडौं महानगरपालिकाको हाकिम हुन १५ दिन अगाडि नै पोखरा छोडेका थिए । प्रधानमन्त्री बालेनले  अर्याललाई सुटुक्क काठमाडौं महानगरपालिका तानेपछि खाली भएको पदमा राजन पौडेल पुगेका हुन् । 

उपसचिव हुँदैदेखि विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका पौडेल स्थानीय सरकार सञ्चालनका अनुभवी प्रशासक हुन् । सहसचिवमा बढुवा भएपछि भने पौडेल गृह प्रशासनमा काम गरे । उनी यसअघि भोजपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update