समस्याग्रस्त ४ सहकारीका १०५  जनाले पाए बचत फिर्ता, कुन सहकारीका कति जना ?

 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ वटा समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ।

समितिका अनुसार शिव शिखरका ३५, ओरिन्टल को–अपरेटिभका २, तुलसीको १३ र कान्तिपुर सहकारीका ५५  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update