काभ्रेमा खोलामा डुब्यो यात्रु बस, उद्धारका लागि पुग्यो सशस्त्र
काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा यात्रुबाहक बस खोलामा डुबेको छ ।
सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार सो बस आज विहान ९ः५० बजेको सयमा रोशी गाउपालिका वडा नम्बर ७ कटुन्जेबाट थानसिंह जाने भित्रि सडकखण्ड स्थित खरिबोटमा खोला तर्ने क्रममा खोला तर्न नसकी खोलाको बिचमा नै रहेको हो ।
सो जानकारी प्राप्त पश्चात् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस भकुण्डेबेशीबाट सप्रसनी सुमन बुढाथोकीको कमान्ड मा १० जना डिएम सहित को टोली खटिएको छ । यात्रुहरुलाई सुरक्षित रुपमा राखिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३ ११:१७
प्रतिक्रिया दिनुहोस्




