रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्षले वितरण गरे भोटेकोशी बाढी पीडितलाई ग्यास चुल्हो र सिलिन्डर

 

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको छ । 

नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडितलाई मोर्चाले ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको हो । हाम्रो मोर्चाको नेता एवं गुजरा नगरपालिका–५ को वड़ाध्यक्ष शेख जमालूदीनको अगुवाईमा सयौं पीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जानकारी दिए ।

रौतहटको गुजरा नगरपालिका वडा नं. ५ का निर्वाचित वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा, मुस्लिम अगुवा समाजसेवी फारूक सेठ र शेख इर्शादको सहयोगमा सो राहत सामाग्री वितरण गरिएको हो मन्सुरीले बताए ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र न.–३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए । सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामाग्री उपलब्ध गराएको हो ।

 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update