चन्द्रागिरिमा कर तिर्ने करदातालाई छुट, जरिवानामा शतप्रतिशत मिनाहा

 

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को सुरुवाती तीन महिनासम्म विभिन्न कर तथा बक्यौता रकम भुक्तानी गर्ने करदातालाई छुट दिने भएको छ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल असोज मसान्तसम्म सम्पत्ति कर, भूमिकर (मालपोत), व्यवसाय कर तथा घरजग्गा बहाल कर बुझाउँदा कुल रकममा २५ प्रतिशत छुट प्रदान गरिनेछ।

त्यसैगरी, हालसम्म नियमित रूपमा कर नतिरेका करदाताको बक्यौतामा लाग्ने दण्ड तथा जरिवानामा १०० प्रतिशत छुट दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ को अनुसूची–१२ बमोजिम उक्त छुटको व्यवस्था गरिएको हो। नगरपालिकाले सम्बन्धित सबै करदातालाई असोज मसान्तभित्र कर तथा बक्यौता रकम बुझाई छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनामा छुट सुविधा लिनका लागि तोकिएको अवधिभित्रै सम्बन्धित कर तथा बक्यौता रकम दाखिला गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update