Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरि नगरपालिकाले छिमेकीलाई १० लाखका दरले किन दियो पैसा ? 

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ । 

कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ । 

यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबँेसी नगरपालिकालाई चन्द्रागिरिले १० लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । चन्द्रागिरि–२ र धुनिबेँसी–९ को सिमानामा सो सडक छ । दक्षिणकाली नगरपालिका–८ स्थित टिमुरबोट–ओबी डाँडा–घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि पनि रकम दिइएको छ । 

चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकाका नगरप्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update