टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्यः ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन

काठमाडौँ । दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। 

नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटिएस) र एनआइसी एसिया बैंक लिमिटेड बीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट समेत उपलब्ध हुनेछ। उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशन अनुसार लागू हुनेछ।

दशैंलाई लक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ।

समझदारीपत्रमा युटिएसका डेपुटी जनरल मेनेजर (सेल्स एण्ड मार्केटिङ) रेखा शाह कार्की र एनआइसी एसिया बैंकका चिफ बिजेनस अफिसर, रिटेल विजनेस अमित केसीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update