काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकाले एक व्यक्तिले एकै समयमा एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक बन्न नपाउने कानुनी व्यवस्थाको पालना गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको छ।
नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) तथा दफा ३३ मा रहेको व्यवस्थाअनुसार एक व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहन नपाउने प्रावधानबारे ध्यानाकर्षण गराएको हो।
नगरपालिकाले प्राप्त निर्देशन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार यस प्रावधानको पूर्ण पालना गर्न सबै तह र वर्गका सहकारी संस्थालाई अनुरोध गरेको छ। सहकारी ऐन २०७४ को दफा ४१ (५) मा एकै व्यक्ति एकै पटक एकभन्दा बढी सहकारी संस्थाको संचालक बन्न नपाउने व्यवस्था छ । यस्तै, नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ३३ पनि सोही व्यवस्था छ । नगरपालिकाले सुचना प्रकाशित गरी कानुनका यी व्यवस्थाको स्मरण गराएको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा उक्त कानुनी व्यवस्थाबारे पुनः जानकारी गराउँदै सहकारी संस्थाहरूलाई नियमविपरीत दोहोरो सञ्चालक नबन्न र कानुनको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ।
नगरपालिकाको यस सूचनाले सहकारी संस्थामा सुशासन, पारदर्शिता र कानुनी अनुशासन कायम गर्न थप सचेत गराएको छ।



