काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुस्पकमल दाहाल प्रचण्डले आगमी स्थानीय तह र प्रदेश निर्वाचनमा एमालेसँग मिलेर जाने जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।
गोरखाको बाह्रकिलोमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले एमालेसँग मिलेर सदन र सडक सहकार्य गरिने बताए । एमालेसँगै अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि सदन र सडकमा सहकार्य गरिने उनको भनाइ छ ।
उनले एमालेसँग फेरि पार्टी एकीकरणको सम्भावना पनि सुनाए ।
‘आउँदो स्थानीय र प्रदेश चुनावमा मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको तपाईंहरूले थाहा पाइराख्नु भएकै होला । हाम्रो कोसिस सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन रक्षाका लागि, स्वाधिनता रक्षाका लागि र समाजवादको दिशामा अघि बढ्नका लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ,’ उनले भने ।
२०७९ सालमा भएको स्थानीय र प्रदेशसभा निर्वाचनको मिति भने घोषणा भएको छैन । निर्वाचन आयोगले प्रदेश र स्थानीय तह निर्वाचनका विषयमा राजनीतिक दलका उच्च नेतृत्वसँग छलफल गरिसकेको छ । आयोगले छिटोमा आगामी फागुन र बैशाखमा गर्ने तयारी गरेको छ ।




