Odapalika - The Fourth Estate - चौथो अंग
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ? 

काठमाडौँ । धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा अज्ञात समूहले आगो लगाइदिएको छ । 

डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर मध्यरातमा आगो लगाइएको हो ।

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चावी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान बचाउँन सफल भयौँ,’ उनले भने । 

नेपाली कांग्रेसको तर्फबाट गुरागाई वडाध्यक्षमा निर्वाचित गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सत्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए । 

उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांस सामान जलेका छन् ।

आगो कसले लगाएको भन्ने खुलेको छैन । ज्यान मार्ने नियतले आगो लगाइएको वडाध्यक्ष गुरागाई बताउँछन् ।

आगो निभाउँन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने थियो । तर छिमेकीसको हसयोगमा आगो नियन्त्रणमा लिइकोे छ । यस विवषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update