आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा

काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । मंगलबारदेखि सञ्चालन गरेको उक्त शिबिर आगामी फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । 

आरुघाट गाउँपालिका, आरटीक्याप इन्टरनेशनल जर्मनी र आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा शिबिरको आयोजना गरिएको हो ।  

स्वदेशी तथा विदेशी चिकित्सकहरुले हाड जोर्नी तथा सामान्य शल्यक्रिया सम्बन्धी सेवा, जनरल मेडिसिन सम्बन्धि (दम, प्रेसर, सुगर, मुटु, नसा, मिर्गौला, ग्यास्ट्रिक आदि), फिजीयोथेरापी सम्बन्धि सेवा, बालरोग तथा आँखा सम्बन्धि सेवाहरु दिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update