Odapalika - The Fourth Estate - चौथो अंग
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति

गोरखा- गत हप्ताको झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । 

लगातार परेको झरीले सो गाउँपालिकाका ९२० जना किसानको २३३० रोपनी खेतमा लगाइएको धानबालीमा क्षति गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार वडा नं. १ मा ४० किसानको १२० रोपनी, वडा नं. २ को १२० किसानको ३०५ रोपनी, वडा नं. ३ को १५० किसानको२५० रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पु¥याएको छ । 

त्यस्तै वडा नं. ४ को १०३ किसानको २६६ रोपनी, वडा नं. ५ को १२१ जना किसानको ४६९ रोपनी र वडा नं. ६ को १४१ किसानको ३६२ रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा झरीले क्षति पु¥याएको छ ।

त्यसैगरी वडा नं. ७ को ३० जना किसानको ७७ रोपनी, वडा नं. ८ का ५५ किसानका ११८ रोपनी, वडा नं. ९ को ९० जना किसानको २१३ रोपनी र वडा नं. १० का ७० किसानको १५० रोपनी क्षेत्रफलमा लगाइएको धानबाली भिजाएर क्षति गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update