 
                                                                    काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायीक छानविन नभएसम्म संसद चल्न नदिने अडानमा रहेको एमालेलाई मनाएर संसद चलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग छलफल गर्ने भएका छन् ।
एमालेले लामो सयमदेखि संसद चल्न नदिएपछि सभामुखले अवरोध खुलाउन यसअघि ५ पटकसम्म प्रयास गरिसकेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा पुगेका सभामुख घिमिरे अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा छन् ।
एमालेले संसदीय समितिसमेत बहिष्कार गर्न थालेपछि सभामुखले छलफललाई तिव्र बनाएका हुन् । एमालेले संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै हिजोबाट समितिका बैठकसमेत बहिष्कार गरेको छ ।
यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमस्लिसनालाई लिएर घिमिरे राष्ट्रपति भेट्न पुगका थिए । प्रतिनिधिसभा बैठक ३ भदौ र राष्ट्रियसभा बैठक ५ भदौका लागि वोलाइएको छ ।
राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सबै दललाई वोलाएर छलफल गर्ने आश्वासन दिएपनि अहिलेसम्म दलहरुलाई बोलाएका छैनन् ।

 
                
            



 
                                         
                                         
                                        ![संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE]](https://www.odapalika.com/uploads/posts/350X220/samsad-1717475793.jpeg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    