काठमाडौं । संघीय सरकारले रुपन्देहीको बुटवल उपहानगरलाई रंगशाला बनाउन तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार गोरखाको अजिरकोट गाउँ कार्यपालिकाको कार्यालयालाई प्रशासनिक भवन निर्माणको लागि ६ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:४४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                                        
                                        
                                        
                    
                    