घुस लिँदालिँदै पक्राउ परे सिम्रौनगढ नगरपालिकाका हाकिम 
                        
                        
                                                
                                             
                                                काठमाडौँ । बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका भरतचौकबाट घुसबापत ७८ हजार रुपैयाँ लिएलगत्तै साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
अख्तियारको हेटौँडा कार्यालयबाट पुगेको टोलीले साहलाई बिहीबार नियन्त्रणमा लिएको हो । गएको असारदेखि साह निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाललाई कीर्ते कागजात पेस गरेको आरोपमा निलम्बन गरेपछि साहले निमित्त पाएका थिए । तर, उनी पनि घुस लिएको आरोपमा पक्राउ परे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:०८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    