काजक्रिया खर्च निकासा गर्दा घुस लिने नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । 

सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने काजक्रिया खर्च तथा क्षतिपूर्तिवापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार घुस लिएको अभियोगमा उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्यिार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नायव सुब्बा यादवलाई २० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । यसपछि गरेको अनुसन्धानमा मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय यादव रसाहको आपसी मिलोमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात नियमानुसार प्राप्त गर्नुपर्ने काजक्रिया तथा क्षतिपूर्ति उपलव्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीसँग २० हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । 

उनीहरुविरुद्ध २० हजार बिगोसहित कैद सजायको माग राखेर मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update