सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिने अदालतका दुई कर्मचारी पक्राउ 
                        
                        
                                                
                                             
                                                                    कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई सेवाग्राहीसँग घुसवापत लिएको २० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे रहेका छन् ।
सेवाग्राहीसँग जग्गासम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:००
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    