
काठमाडौँ । स्थानीय तहमा रिक्त ४४ पदपूर्तिका लागि हुने स्थानीय तहको उपनिर्वाचनको आइतबार उम्मेदवार मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ ।
आइतबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने उम्मेदवार मनोनयन दर्ता पनि आतबार उम्मेदवारको सूची प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ ।
उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
कहाँ कहाँ भइरहेको छ कुन पदमा उम्मेदवारी दर्ता ?
ओखलढुङ्गा
जिल्ला समन्वय समिति प्रमुख
कैलाली
जिल्ला समन्वय समिति प्रमुख
काठमाडौँ
कीर्तिपुर नगरपालिका प्रमुख
जाजरकोट
नलगाड नगरपालिका उपप्रमुख
मोरङ
ग्रामथान गाउँपालिका अध्यक्ष
दोलखा
गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष
दैलेख
महाबु गाउँपालिका अध्यक्ष
हुम्ला
सर्केगाड गाउँपालिका उपाध्यक्ष
रुकुमपूर्व
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष
बाजुरा
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष
वडाध्यक्ष पदका लागि
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३
झापाको कन्काइ नगरपालिका वडा नं ६ मा
तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८
सुनसरीको गढी गाउँपलिका वडा नं ६
ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२
उदयपुरको बेलका नगरपालिका वडा नं ९
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १
सप्तरीको डाक्नेश्वरी नगरपालिका ४
धनुषाको धनुषाधाम नगरपालिका वडा नं १
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २
रौतहटको ईशनाथ नगरपालिका वडा नं ७
रौतहटको राजपुर नगरपालिका वडा नं ६
रौतहटको गढीमाई नगरपालिका वडा नं ८
काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६
कीर्तिपुर नगरपालिका वडा नं १
कीर्तिपुर नगरपालिका वडा नं. ४
नुवाकोटको ककनी गाउँपालिका वडा नं २
मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२
गोरखाको गोरखा नगरपालिका वडा नं ५
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १
कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४
रुकुम (पूर्वी)को पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४
रुकुप पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५
दैलेखकै दुल्लु नगरपालिका वडा नं १३
जाजरकोटकै कुशे गाउँपालिका वडा नं. ७
कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५
बझाङको सुर्मा गाउँपालिका वडा नं ४
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६
दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५
कञ्चनपुरको भीमदत्र् नगरपालिका वडा नं ६