Odapalika - The Fourth Estate - चौथो अंग
यसकारण अमेरिकामा बन्द भयो टिकटक 

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले टिकटक बन्द गरेको छ । अदालतको निर्णय आएसँगै अमेरिकाले आइतबार बिहानदेखि टिकटक बन्द गरेको हो । 

आइतबार बिहानदेखि प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने अमेरिकाले प्रस्ताव गरेको थियो । उक्त प्रस्तावविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले अमेरिकी सरकारको उक्त निर्णयको सदर गरेपछि टिकटक बन्द गरिएको हो । 
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update