Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा 

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सवै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । चौधरी महासंघका केन्द्रीय सदस्यसमेत हुन् । 

गाउँपालिका राष्ट्रिय महासंघको माघ ६ र ७ गते बसेको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई देशभरका गाउँपालिकाहरुको समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो । 

बैठकको सोही निर्णयअनुसार महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले चौधरीलाई सप्तरी र धनुषा जिल्लाका गाउँपालिकाको समन्वय गर्ने जिम्मा दिएकी हुन् । 

जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले स्थानीय सरकार सवालहरुमा महासंघ र स्थानीय सरकारहरुबीच संचार समन्वय  तथा सहजीकरण गर्नेछन् । त्यस्तै महासंघको सदस्यता शुल्क संकलनलगायतमा समेत संयोजन गर्ने जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले काम गर्ने बताइएको छ । 

 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update