Odapalika - The Fourth Estate - चौथो अंग
मेची राजमार्गकोे रिस पाथिभरा केवुलकारमा, यस्तो छ केवलकार खारेजी अभियन्ताको स्वार्थ 

काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथिभरा मन्दिर पुग्न निर्माण गर्ने भनिएको केवलकार यतिवेला विवादमा छ । 

मन्दिरसम्म पुग्नका लागि केवलकार बन्ने प्रकृया सुरु भएपछि विभिन्न ११ वटा संस्था र १० वटा राजनीतिक दल आवद्ध भ्रातृसंस्थाले संयुक्त रुपमा विरोध गर्दै आइरहेका छन् । 

सरकारसँग वार्ता प्रक्रियामा पनि रहेका नो केवलकार आन्दोलनमा होमिएका संस्थाको नेतृत्व गर्ने व्यक्तिले भने नगरपालिकासँग भएको जग्गा अधिग्रहणको रिस केवुलकारमा पोखेको देखिएको छ । 

पाथिभरा केवुलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक हुन् खगेन्द्र फेम्बु । उनी यतिवेला कुनै हालतमा केवुलकार बन्न हुन्न भन्ने अभियानमा छन् । उनी यो अभियानमा जोडिनुको पछि भने फुङलिङ नगरपालिकासँगको विवादमात्र भएको नगरपालिका श्रोतको दाबी छ । 

मेची राजमार्ग विस्तारको क्रममा फेम्बुको १४ आना भन्दा वढी जग्गा अधिग्रहण गर्ने र सो जग्गामा भएको घर टहरा भत्काउन नगरपालिकाले पत्र पठाएपछि फेम्बु नगरपालिकाको रिस फेर्न केवलकार खारेजी अभियानमा लागेको स्थानीयको दाबी छ । 

फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसहित ७ जना वडाअध्यक्षहरु जसरी पनि केवुलकार बन्नुपर्ने अभियानमा जुटेपछि नगरपालिकाले जग्गा अधिग्रहणको प्रक्रिया थालेको रिस फेर्न केवुलकार खारेजी अभियानको नेतृत्व फेम्बुले लिएको नगरपालिका श्रोतको दावी छ । 

सरकारले २०४६ सालदेखि झापाको चारआली हुँदै कचनकवलदेखि चारआली हँदै इलाम–पाँचथर–ताप्लेजुङको फुङलिङ हुँदै सुकेटारसम्म पुग्ने मोची राजमार्ग विस्तार गर्ने निर्णय गरेको छ । सो क्रममा हाल कायम बाटोको दाया बाँया गरेर १५ मिटर छाड्नपर्ने मापदण्ड बनायो । 

सोही मापदण्ड अनुसार केवुलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक फेम्बुलगायतका स्थानीयको फुङलिङ नगरपालिकामा रहेको जग्गामा बनेका घर टहरा हटाउन र जग्गा खाली गर्न नगरपालिकाले पत्राचार गरेपछि फेम्बोसहितको टोली सर्वोच्च अदालतसम्म पुग्यो । तर अदालतले घर जग्गा हटाउने र जग्गा खाली गर्न जारी गरेको सूचना कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरिदियो । अन्तरिम आदेश नभएपछि नगरपालिकाले फेम्बुको फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कित्ता नम्बर १३१३ को १४ आना ३ दाम जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइसकेको छ ।  

नगरपालिकाले एकातिर जग्गा अधिग्रहणको प्रक्रिया थालेको, अर्कोतर्फ अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा फेम्बुले आफुसहित जग्गा अधिग्रहणमा परेको १८ जना स्थानीयसमेतलाई साथमा लिएर आन्दोलन थालेको नगरपालिका र स्थानीयको दाबी छ ।

फुङलिङ नगरपालिकाको पाथिभरा आयल निगमदेखि हेलिप्याड गगेट, तक्मेडाँडा, शान्तिटोल, तमोर अस्पताल, पराजुली चोक, वुद्ध चोक हुम्दै वडा नम्बर ५ को पाथिभरा आधारभूत विदालयसम्मको सडक क्षेत्रभित्रका दायँँ र बाँया गरी १५ मिटर संरचना हटाउने अभियानमा यतिबेला नगरपालिका जुटेको छ । यसका लागि नगरपालिकाले नगरपालिकाले गत ६ बैशाखमा पनि सूचना जारी गरिसकेको जनाएको छ । 

जग्गाको विवादलाई विषयान्तर गर्न र नगरपालिकाको रिस फेर्न फेम्बोले अभियान थालेको भन्दै नगरपालिकाले असन्तुष्टि जनाएको हो । 

याे पनि पढ्नुस् 

सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने !

‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’

संघीय सरकारका कारण पाथीभरा केबलकारमा समस्या आएको हो, स्थानीय तहले सम्हाल्न सक्छन्ः अध्यक्ष लिम्बु

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update