
काठमाडौँ । कार्यसम्पादन मूल्यांकनमा मधेशका स्थानीय तहहरुको अवस्था दयनीय देखिएको छ ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा मधेशका अधिकांश पालिकाहरुले एक सय अंकमा ६० भन्दा कम पाएका छन् ।
मधेश प्रदेशमा ३५ भन्दा कम अंक पाउने पालिकाको संख्यामात्र ११ वटा छन् ।
सबैभन्दा कम अंक पाउने पालिकामा सप्तरीको तिलाठी कोइलाठी र बाराको सिम्रौनगढ नगरपालिका परेका छन् । दुबैले कार्यसम्पादन मूल्यांकनमा २९ नम्बर मात्र पाएका छन् ।
३५ भन्दा कम अंक पाउने १५ स्थानीय तहमध्ये ११ वटा मधेश प्रदेशका छन् । कोशीको एउटा पालिका ३५ भन्दा कम अंक ल्याउनेमा छ भने बागमती, कर्णाली र लुम्बिनीका एक एक पालिका छन् । गण्डकी र सुदूरपश्चिमका सबै पालिका ३५ भन्दा माथि अंक पाउनेमा छन् ।
स्थानीय सरकारको कार्यसम्पादन गर्न आयोगले विभिन्न १७ वटा सूचक निर्धारण गर्ने गर्छ । ती सबै सूचकमा पाएको अंकका आधारमा उत्कृष्ट स्थानीय तहको घोषणा गर्ने गरिन्छ ।
यसवर्ष पनि आयोगले देशभरका ७५३ वटै स्थानीय तहको मूल्यांकन गरेर अंक प्रदान गरिसकेको छ । आयोगले प्रदान गरेको अंकका आधारमा हेर्ने हो भने मधेश प्रदेशका नगरपालिकाको अवस्था समेत कार्यसम्पादन अवस्था दयनीय देखिएको छ ।
यी हुन् कार्यसम्पादनमा ३५ भन्दा कम अंक पाउने पालिकाहरु
तिलाठी कोइलाठी गाउँपालिका, सप्तरीः २९
सिम्रौनगढ नगरपालिका बारा २९
डाक्नेश्वरी गाउँपालिका, सप्तरी २९.८
क्षिरेश्वरनाथ नगरपालिका, धनुषा २९.८
सोनामा गाउँपालिका, महोत्तरी ३०.७
औरही गाउँपालिका, धनुषा ३१.१
छिन्नमस्ता गाउँपालिका, सप्तरी ३२
रुपनी गाउँपालिका, सप्तरी ३२.२
पकाहा मैनापुर गाउँपालिका, पर्सा ३२
विगु गाउँपालिका, दोलखा ३१.३
कोटिहीमाइ गाउँपालिका, रुपन्देही ३१.४
भैरवी गाउँपालिका, दैलेख ३२.४
जिराभावानी गाउँपालिका, पर्सा ३२.४
धनपालथान गाउँपालिका, मोरङ ३२.९
देवाही गोनाही नगरपालिका रौतहट ३५