
काठमाडौँ । वडासचिव र शाखा अधिकृतमाथि जनप्रतिनिधिबाट हातपात भएको भन्दै दाङको राप्ती गाउँपालिकाका ९ वटै वडाका सचिवहरु आजबाट काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गर्दै उनीहरुले पेन डाउन गरेको बताएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेका थिए ।
उता रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए ।
सांसदहरुले पछिल्ला दिन जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुँदै गएपछि वडासचिवहरुले सामुहिक रुपमै आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।
हेर्नुहोस् वडाअध्यक्षहरुको विज्ञप्ति