Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेशले दिएको पैसाले कोदो रोप्ने योजनामा शिवनाथ गाउँपालिका, २ रोपनीमा लगाउँदा कति पाइन्छ अनुदान ? 

काठमाडौँ । बैतडीको शिवनाथ गाउँपालिकाले कोदो खेती गर्ने कृषकहरुलाई अनुदान दिन थालेको छ । कोदो खोती प्रवद्र्धन गर्न किसानलाई ४ लाख रुपैयाँ अनुदान दिन प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । 

कोदो खेती गर्न चाहने किसानले कम्तीमा २ रोपनीमा खेती गर्नुपर्ने र प्रतिरोपनी ७०० रुपैयाँका दरले अनुदान उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा पछिल्लो समय कोदो खेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवद्र्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउद बताउँछन् । 

प्रदेश सरकारले दिएको बजेट स्थानयिलार्य दिन लागेको पालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष साउद बताउँछन् । 

पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय गरिएको पनि उनी बताउँछन् ।  

पालिकाले व्यावसायिक मौरीपालन सीप विकास तालिम दिने र प्राविधिक सहयोग गर्ने कार्यक्रम पनि एकसाथ अघि बढाइरहेको पालिका अध्यक्षको भनाइ छ । रैथाने बालीका अतिरिक्त मौरी पालन व्यवसायमा स्थानीयलाई आकिर्षत गर्न यस्ता कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update