स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड 

काठमाडौँ । स्थानीय सकरारहरुले धमाधम नीति ताथ कार्यक्रम पास गरी बजेट पेश गर्न थालेका छन् । १० असारभित्र नगर र गाउँसभाभमा बजेट पेश गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । 

चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोडसहित जोडेर यो बजेट पेश गरेकी हुन् । 

नगरपालिकाले आगामी बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएको छ । व्यवसाय दर्ता र नविकरणमा एक सय रुपैयाँ शुल्क लिने घोषणा गरेर स्थानयि स्तरमा व्यवसाय दर्ता का लागि प्रोत्साहन गरिउको बजेटमा उल्लेख छ । 

कृषि तथा पशुपालनको क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तयार गरिएको उृपमेयरकोभ नाइ छ । उनले मह, च्याउ, केरा, रैथाने कोदो, फापर, अदुवा, हलेदो, पिँडालु लगायत कालिकामा हुने स्थानीय उत्पादन बढाउन र बजारीकरण गनलगानी थप सुनिश्चित गरिउको बताइन् ।

चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर बजेट तयार पारिएको छ । 

नगरपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, नगर अस्पतालको क्षमता विकास गरेर दन्त रोग सेवा थप गर्ने, बिरामी भर्ना गरेर उपचार गर्ने इन्डोर सेवा सञ्चालन ल्याउने योजनामा पनि बजेट बिनियोजन गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update