
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगवाट सिफारिस भएर आएका ११ जना नयाँ उपसचिवहरुको दरबन्दी सिर्जना गरेको छ ।
११ मध्ये १ जना मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पोेष्टिङ हुँदा बाँकी १० जनाले स्थानीय तहको जिम्मेवारी पाएका छन् ।
१० मध्ये ७ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनेका छन् भने ३ जनालाई जिल्ला समन्वय समितिको समन्वय अधिकारी बनाइएको छ ।
३ जना पुराना उपसचिवहरुको भने सरुवा भएको छ । यसरी सरुवामा परेका मध्ये २ जना संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् भने एकजनाको एउटा नगरपालिकाबाट अर्कोमा सरुवा गरिएको छ ।
नयाँ थपिएका उपसचिवमध्ये उर्मिलादेबी निरौला कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदस्थापन भएकी छन् भने लक्ष्मण लम्साल फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।
जिल्ला समन्वय समितिको कार्यालय धनुषाको जिल्ला समन्वय अधिकारी बनेर बिमोचन घिमिरे पुग्दा सुनिल ठकुल्लाले जिल्ला समन्वय समिति दाङको र सम्झना लामिछानले जिसस सिरहाको जिल्ला समन्वय अधिकारीको नेतृत्व पाएका छन् ।
उपसचिवमा बढुवाभएका मध्ये रविन कार्की तेह्रथुमको म्याङलुङ नगरपालिका, महेन्द्र कुमार शर्मा सुर्खेतको लेककवेंशी नगरपालिका, धनुषाको सुधिर कुमार साह नगराइन नगरपालिका, विनोद कुमार माझी दैलेखको आठबीस नगरपालिका र मेघराज सोनी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।
उता उपसचिव ओम प्रकाश महतो जिसस प्रमुखबाट मन्त्रालयको अतिरिक्त समूहमा सरव भएका छन् भने अमन कुमार कर्ण नगराइन नगरपालिका धनुषाबाट मलंगवा नगरपालिका सर्लाहीको प्रमुख प्रशासकयि अधिकृतमा सरुवा भएका छन् । कविता वोटगीलाई भने जिसस सिरहाको जिल्ला समन्वय अधिकारीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।