
काठमाडौं । जर्मन एशिया एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न गरेको छ।
जर्मन एशिया एशिया प्रशान्त व्यवसायिक संघ का प्रमुख अल्मुट रोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानु पर्ने बताए ।
जर्मन एशियाका लागि क्षेत्रीय प्रबन्धक इनेस बुदारिकले नेपाल र जर्मनी दुई देशबीच व्यापारिक कारोबार बढाउन पर्ने जर्मनीलाई कुरामा जोड दिँदै दुई देश नेपाल र जर्मनीलाई व्यवसाय बढाउन महत्वपूर्ण हुने बताए । जर्मनीका लागि नेपाली राजदूतत डा. सैल रुपाखेतीको प्रयासमा सो कार्यक्रम सम्पन्न भएको थियो । राजदुत डा. रुपाखेतीले दुई देशबीच आर्थिक गतिविधि साथै लगानी बढाउन धेरै आवश्यक रहेको धारणा राखे ।
उनले नेपाल जर्मनी उद्योग वाणिज्य संघको संयोजकत्वमा नेपाल र जर्मनीबीच व्यापार तथा लगानी बढाउन पर्ने बताए । पर्यटन तथा अन्य क्षेत्रमा धेरै नै लगानीको सम्भावना भएकोले सन्तोष चन्द्र कुवार को अध्यक्षमा संचालित जर्मन उद्योग वाणिज्य संघले धेरै भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।
उक्त बैठकमा १५० भन्दा बढी व्यवसायिक सहभागीले भाग लिएका थिए । उनीहरु नेपाली, जर्मन, चिनियाँ, चीन, भारत, पाकिस्तान र अन्य देशका व्यवसायी थिए । कार्यक्रममा विभिन्न देशका वियर राखिएको थियो, जसमा नेपालको बारसिंहे बियर उत्कृष्ट भएको थियो ।
बारासिंहे बियरको तर्फबाट जर्मनी स्थित मुस्कान श्रेष्ठ र रवि केसी उपस्थित भई बियर बारे सम्पूर्ण जानकारी गराएका थिए । त्यसैगरी अन्य सहभगीहरुमा, पर्यटन क्षेत्रबाट भोला थापा, ह्याम्बर्गमा रहेका दावा छिरिङ शेर्पा र बर्लिनका पुराना व्यवसायी सञ्जय श्रेष्ठलगायत व्यवसायीहरुले दुई देशबीचको लगानीको उच्च संभावना भएको र यसलाई उपयोग गर्नेुपर्ने बताए ।
एयरबसका हेलिकप्टर नेपालमा सगरमाथा बेस क्याम्पसम्म उड्न सफल भएकोमा जर्मन लगानीकर्ताहरुले हर्ष व्यक्त गरेका थिए। जर्मनबाट नेपालले हेलिकप्टर आयात गरिरहेको छ। साथै नेपाली ईन्जिनियरहरुले राम्रो काम गरिरहेको बारे एयरबस अधिकारीहरूले बताएका छन्।
तर नेपालले अन्तराष्ट्रिय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको एयरबस अधिकारीहरुको भनाइ छ । यो कठिनाइ सुधार्न सके दुई देशबीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानीकर्ताहरुको भनाइ छ ।