
काठमाडौँ । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।
नगर प्रमुख रामलाल थारुले २ महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरे ।
नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार जरिमाना हुने उनको भनाइ छ ।
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १० दोस्रोपटक ५० र तेस्रो पटक १०० रुपैयाँ जरिमाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक २ हजार, दोस्रो पटक ४ हजार र तेस्रो पटक ६ हजार रुपैयाँ जरिमाना तोकिएको छ ।
नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीको छ । पालिकाले स्थानीय राजपत्रमा २०८० चैत २५ गते सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।