
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड– एनबीपीए– २०२४ बाट सम्मानित भएको छ । कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान०बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ पाएको हो ।
आइक्यानले शुक्रबार होटल र्याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच माननीय महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा ग्रहण गरे ।
कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आव २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको जनाउँदै उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो । यस अवार्डले यस कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरू पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासनलाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रूपमा कार्यसम्पादन गर्दै आएको जनाउँछ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले भने, ुयो अवार्ड प्राप्त गर्दा गौरवान्वित महसुस गर्नुका साथै यसबाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको छ । नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दछु ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरू, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकायहरू तथा कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।