Odapalika - The Fourth Estate - चौथो अंग
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर

काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउने भएको हो ।

एक्स्पोमा टोयोटाको तीन मोडलहरु यारिस हाइब्रिड इलोक्ट्रोनिक्स, ल्याण्डक्रुजर २५० र अर्काे एउटा गाडी प्रदर्शनमा राखिनेछन् । कम्पनीले अर्काे एउटा गाडीका बारेमा भने जानकारी गराएको छैन । एक्सपोमा जानेले मात्रै सो गाडीका बारेमा जानकारी पाउन सक्ने देखिएको छ । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट, प्ल्याटिनम कार्डका साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा  ड्रप सुविधा पाउने छन् ।

कम्पनीले दिएको जानकारी अनुसार स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update