
काठमाडौँ । मधेश प्रदेशको सप्तरी जिल्लाका सबै स्थानीय तहहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सुचना प्रकाशन गरी सम्पर्क गर्न भनेको छ ।
जिप्रका सप्तरीले अनावृष्टिका कारण खेतीयोग्य जग्गाहरुमा सिंचाईंको अभाव भएको तथा खानेपानी सम्बन्धी पनि समस्या भए सम्पर्क भनेको हो ।
जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको मोबाइल नम्बर सार्वजनिक गरी सो नम्बरमा सम्पर्क गर्न भनेको छ ।
‘यस वर्ष सप्तरी जिल्लाको विभिन्न पालिकाको वडाहरुमा अनावृष्टिका कारण खेतीयोग्य जग्गाहरुमा सिंचाईंको अभाव भई खेती हुन नसकेको र धेरैजसो उाँ तथा वस्तीहरुमा खानेपानीको स्रोत घटी खानेपानीको अभाव समेत भएको सन्दर्भमा खानेपानीका लागि प्रयोगमा रहेका ट्यूवेल तथा बोरिङमा समस्या भएमा तथा सिंचाईंका लागि प्रयोग भएका नहरहरुमा समस्या परेमा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नु गराउनुहुन सुचित गरिन्छ,’ सुचनामा भनिएको छ ।