Odapalika - The Fourth Estate - चौथो अंग
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा  विशेष अफर 

काठमाडौँ । टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।

एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुसर २५० लगायतका सवारीहरू प्रदर्शनमा राखिनेछ ।

कम्पनीका अनुसार एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्। यद्यपि यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update