
काठमाडौँ । सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र एमालेका सांसदहरु सिंहदरबार भेला भएका छन् ।
दुबै दलले आफ्नो पार्टीका सांसदहरुलाई आआफ्नो दलको कार्यालय सिंहदरबारमा बोलाएका हुन् ।
दुबै दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन महाअभियोग लगाउन लागेका बताइन्छ ।
उपसभामुख राना केहीअघि अमेरिकी दुतावासमा पत्र लेखेर शंकास्पद व्यक्तिहरुलाई भिसा दिन अनुरोध गरेको भन्दै विवादमा परेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ ११:२०
प्रतिक्रिया दिनुहोस्