
पालुङ्टार - पालुङ्टार नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादनलाई सहज रुपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले जानकारी दिए ।
कृषकलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न हौसला दिन तथा कृषि उत्पादनमा अभिवृद्धि गरी पालिकालाई आत्मनिर्भर बनाउन कृषि एम्बुलेन्स सञ्चालन गरेको न्यौपानेले बताए ।
पालुङ्टार नगरपालिकामा १० वटा वडाहरु छन् । सबै वडाका कृषि उपजलाई हरेक बिहिबार सञ्चालन हुने हाट बजारमा ल्याउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने गरिएको कृषि अधिकृत न्यौपानेले बताए । ‘किसानले अनुरोध गरेका सबै टोलमा कृषि एम्बुलेन्स पु¥याउँछौँ’, उनले भने, ‘तर त्यहाँ टिप भरिने कृषि उत्पादन हुनुपर्ने छ ।’
नगरपालिकाको सबै वडा छुने रिङरोडसम्म कृषि एम्बुलेन्स पु¥याइने र टोलमै जानु पर्ने भएमा टिप भरिने परिमाण भएमा मात्र जाने नीति पालिकाले अवलम्बन गरेको छ ।
कृषि एम्बुलेन्सले हाट बजारसम्म निशुल्क रुपमा कृषि उत्पादन ढुवानी गरिदिने नीति नगरपालिकाले बनाएको छ ।
हाटबजारसम्म निशुल्क ढुवानी गर्नेछौँ, तर कुनै किसानले हाट बजारबाहेक अन्य बजारसम्म कृषि उत्पादन ढुवानी गर्न चाहेमा सहुलियत दरमा शुल्क लिएर ढुवानी गर्नेछौँ’, उनले भने ।
नगरपालिकाको स्वामित्वमा रहेको ट्रिपरलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिएको हो ।