Odapalika - The Fourth Estate - चौथो अंग
२५ सीडीओसहित ३६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं - गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ । आइतबार मन्त्रालयले ३६ सहसचिवको सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको समेत जिम्मेवारी हेरफेर गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सहसचिव सरुवाको निर्णय गरेका हुन् । रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ सरुवा गरिएको छ ।

पश्चिम नवलपरासीको प्रजिअमा कृष्ण प्रसाद लम्साल, कैलालीमा हिरालाल रेग्मी, दोलखामा नारायण प्रसाद रिसाल, पर्सामा भोला दाहाल र अर्घाखाँचीमा तोय नारायण सुवेदीलाई पठाइएको छ । सुवेदी पर्साको प्रजिअको रूपमा कार्यरत थिए । 

धनुषामा प्रेम प्रसाद लुईँटेल,कपिलवस्तुमा जनार्दन गौतम र रुपन्देहीमा माधव प्रसाद पोखरेललाई सरुवा गरिएको छ । बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर, बर्दियामा कार्यरत सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटमा कार्यरत विनोद कुमार खड्कालाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ । बाँकेमा दिल कुमार तामाङ, रौतहटमा निदेश सागर भुषाल र गुल्मीमा आनन्द सारुलाई पठाइएको छ ।

यस्तो छ सूची 

cdo-1-1761486602.jpg

cdo-2-1761486602.jpg

cdo-3-1761486605.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update