 
                                                काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको लागि कम्प्युटर तथा ल्यापटप खरिद गर्दा उनीहरूले चार लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल र तत्कालीन लेखापाल छविलाल गाहा छन् ।
शिशुकल्याण माध्यमिक विद्यालयकाका तत्कालीन प्रधानाध्यापकले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, प्रिन्टर खरिद गर्दा उनीहरूले चार लाख ७१ हजार ६६७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरू प्रत्येकसँग चार लाख ७१ हजार ६६७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    