Odapalika - The Fourth Estate - चौथो अंग
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ?

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पार्टीैलाई निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको छ ।

मेयर साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

साम्पाङले २८ सदस्यीय केन्द्रीय समिति रहने गरी नयाँ दल खोलेका हुन्। उक्त पार्टीले माटोको ढिस्को निर्वाचन चिन्ह पाएको छ ।

दल दर्ताका लागि पाँच सय जनाको सनाखत गर्नुपर्ने व्यवस्था छ। उनको पार्टीको सदस्यहरुको सनाखतको काम बाँकी थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update