Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति

काठमाडौं - नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।

आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी-समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको हो ।

ekta-1762092131.jpg
 

छलफलपछि एकता प्रक्रिया अघि बढाउनका लागि विभिन्न प्रस्तावहरूमा सहमति गरिएको हो । सहमतिअनुसार, सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना कात्तिक १९ गते गरिने छ । 

एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिने उल्लेख छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ ।

patra-1762092133.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update