काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । दुई महिना अघी भएको जेनजी आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अख्तियारको उजुरी प्राप्त भएको छ । जेनजी आन्दोलनमा २४ करोड क्षति भएको दाबीसहित प्रहरीमा उजुरी दिइएको हो ।
यस्तै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत‚ जिल्ला अदालत तथा अख्तियार जस्ता महत्वपूर्ण निकायमा ठुलो क्षती भएको छ ।






