Odapalika - The Fourth Estate - चौथो अंग
प्रेस काउन्सिलको अध्यक्षमा आचार्य

काठमाडौं- प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य मनोनीत भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई काउन्सिलको अध्यक्षमा मनोनीत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

लामो समय देखि रिक्त रहेको काउन्सील अध्यक्षले आज पूर्णता पाएको हो । आचार्य अधिवक्ता समेत रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update